शुक्रबार एक हजार ३१६ जना संक्रमणमुक्त, २ हजार २३९ संक्रमित थपिए

Views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार तीन सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार संक्रमणमुक्त भएसगैँ हालसम्म ६ लाख १६ हजार नौ सय २९ जनाले कोरोना जितेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ६० जना गरी दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० जनासहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार तीन सय ४० जनाले ज्यान गुमाएका स्वास्थ्य तथा