ब्रोकर कमिसन धेरै भयो घटाउनुपर्छः रौनियार

ब्रोकर कमिसन धेरै भयो घटाउनुपर्छः रौनियार thumbnail
View

क्लिकमान्डु २०७८ असार २५ गते १९:३५ मा प्रकाशित

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउनु पर्ने माग गरेका छन् ।

रौनियारले शुक्रबार नेपाल धितोपत्र बोर्डद्वारा आयोजित भर्चुअल अन्तरकृयामा बोल्दै सो बताएका हुन् ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धी आगामी बर्षको लागि सुभाmाव संकलन गरेको थियो । जसमा फोरमका अध्यक्ष रौनियारले हाल कायम ब्रोकर कमिशनले लगानीकर्तालाई समस्या भएको बताए ।

‘बोर्डले यसअघि कायम रहेको कमिसनलाई घटायो तर त्यो हाम्रो हित अनुसार छैन्, कमिशन घटेपनि लगानीकर्ता हर्ष न विषमतमा परे,’ उनले भने., ‘यसमा अझ कडाइका साथ कमिशन घटाएर लगानीकर्ताको लागत कम गरिदिन पर्यो ।’

उनले अहिलेको बजार धेरै बढेको भन्दै अनावश्यक रुपमा क्षमताभन्दा बढी बढेका १०÷१२ कम्पनीको मूल्यलाई घटाउनु पर्ने तर बाँकी ७० प्रतिशत कम्पनीको ग्रोथ आवश्यकता अनुसार नै भएको उनले बताए ।

‘१०/१२ वटा कम्पनीको मात्र केही बढेको देखिन्छ, तपाइहरुले कुन आधारमा ५१ वटा कम्पनीहरुको नाम ल्याउनु भयो त्यो नाम सार्वजनिक नगरी बोर्डले आफ्नै तरिकाकले काम कारवाही गरेको भए हुन्थ्यो,’ उनले भने, ‘हामी लगानीकर्ता सदबै बोर्डको सम्पर्कमै थियौ, बोर्डलाई आफ्नो अभिभावक मानेर हिँडेका थियौ, यसमा मात्र हाम्रो विमति हो ।’
साथै, उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन तुरुन्तै दिन आवश्यक रहेको समेत बोर्डलाई सुझाव दिए ।

यसैगरी, सो कार्यक्रममा नेपाल मर्चेट बैंकर्स एसोसियशनका अध्यक्ष मेखबहादुर थापाले अहिलेको अवस्थामा बोर्डले मर्चेट बैंकर्सको लाइसेन्स दिने मात्र नभएर व्यवसायीको आवश्यतालाई पनि पूरा गर्नु पर्ने बताए ।

‘बजारको दायरा धेरै बढी सकेको हुँदा व्यवसायीहरुको पनि क्षमता एउटा सीमासम्म बढाउनुपर्ने आवश्यकता छ, व्यवसायीबीच अस्वस्थ्य प्रतिछष्पर्धा बढेको छ, यसमा छुट्टै नीतिको आवश्यकता छ’ उनले भने, ‘जसले गर्दा नयाँ कम्पनी आउँदा के कस्तो स्रोत साधनसहित आउने पर्ने हो त्यो तय बोर्डले नै गर्नु पर्छ ।’

बोर्डले यसरी व्यवसायीको क्षमता र स्रोत साधानको सीमा तोकेका बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुन सहयोग हुने उनको भनाइ छ ।

यसैगरी, भौतिकरुपमा उपस्थित नभए नै पुँजी बजारमा प्रवेश गर्न सक्ने गरी बोर्डले आगामी दिनमा डिजिटल तथा सेन्टल केवाइसीलाई आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा चाँडो ल्याउनु नेपाल स्टक ब्रोकर एसोसियशनका अध्यक्ष सन्तोष मौनालीले बताए ।

ब्रोकरको संख्या थप हुँदैमा बजारको विस्तार नहुने भन्दै उनले ब्रोकरको पहुँच बढाउँदै हुँदा बोर्डले सुपरिवेक्षण तथा नियमनलाई थप दह्रो बनाएर ब्रोकरलाई अधिकारीक प्रतिनिधि, साहयक ब्रोकर लगायतका विषयलाई अघि बढाउनु पर्ने उनको भनाइ छ ।

पछिल्लो समय राफसाफ नहुने जस्ता गुनासो बढ्नुको कारण लगानीकर्ता प्रविधिमैत्री नहुँदा आएको उनले बताए ।

‘हाम्रो बजारमा जतिपनि प्रणाली प्रयोगमा आएका छन्, त्यो सबै अन्तर आवद्ध छैनन्,’ अध्यक्ष मैनालीले भने, ‘त्यसले गर्दा एपिआइ पोलेसीलाई बैंकको माध्यमबाट प्रवाह गर्न हो भने अहिले देखिएको ८० प्रतिशत गुनासो यसै हराएर जान्छन् भने बाँकी समस्या ब्रोकरहरु आफैले पनि म्यानेज गर्