कांग्रेसकाे आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्नेछ: डा. शशांक काेइराला

View

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आईसकेकाले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गरे । पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले नेताद्वयलाई आफुले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए ।

तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे । नेतापुत्र त्रयको भेटघाट गुटउपगुटको अन्त्य गरि पार्टीलाई एकढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रीत भएको उनले स्पष्ट पारे । तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रस्तुत छ , आसन्न महाधिवेशन , क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालासंग न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश

आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा ?

सबै भन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य अन्त्य सम्म आईपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्य सम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशन तर्फ जान्छौ । अहिले पार्टीको ध्यान नै क्रियाशिल तर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरु रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो । हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दे थियौ । क्रियाशिल टुंगो नलगाईकन त हामी महाधिवेशनमा जान सक्क्तैनौ । त्यही नै अवस्था हो ।

क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?

यो महिना भित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भईहाल्यो नि । यति जटिल नि क्रियाशिल सदस्यको बारेमा , हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भईसक्यो । त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ ।

अहिले शिर्ष नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईहरुको बैठकमा ?

खासमा विमलेन्द्र निधीले नै इनिसियट गरेको हो । सबै भन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिं र मलाई बोलाउनुभयो । दोश्रो पटक यही मिटिङ गर्यौ र तेश्रो पल्ट प्रकाशमान जी को मा । हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्यो । सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो । हामी मध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरु उत्पन्न छन् ।

एउटा कि विमलेन्द्र निधीले शेर बहादुर जीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तिनै जना मध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ , प्रकाशमान र म त छदै छु । बिमलेन्द्र नीधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौ, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ बिमलेन्द्र नीधिले । राम्रो पनि भयो । नकारात्मक पक्षहरु पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरु) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रुपमा दिएको छ ।

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौ भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईहरुको पहल पनि भईरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ । मेरो भनाई के हो भने । अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्रदशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समुहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्यो, कि त तिनै जना लड्नुपर्यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरु छन् ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्यो । वार्तामा बसेर कुनै टुंगोमा त पुराउनुपर्यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौ भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाही के भन्नुपर्यो भने हामी मध्ये एक जना उभियौ भने चाहीँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

अनि त्यो समयमा रामचन्द्र र शेर बहादुर जीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

शेर बहादुर जीको त धेरै उमेर पनि भईसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाब भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेर बहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भईसक्नुभयो । उहाँहरु कतिञ्जेल सम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहीँ अप्ठयारो हुन्छ ।

अहिले महामन्त्री हुनुहुन्छ । तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबै भन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरुसंग भेटघाट गरिरहेको छु । उनीहरुको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भईरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसंग पनि कुरा त भईरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्यो, त्यसमा दहे गरि बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन ?

म भन्न चाहन्छु । एउटा त शेर बहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरु हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बने शेर बहादुर जीको । मैले शेर बहादुर जीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि । तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईलाई दिदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको ।

तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ ? एक पटक होइन तीन तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समयनै थिएन ।

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले शुशिल दा लाई भनैं, ‘हेर्नुहोस् शुशिल दा, यो विपि कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । तपाईले धर्मनिरपेक्षता किन गर्देहुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५ ,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौला ’ । त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त शुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

 सभापतिको उम्मेदवारी दिदै गर्दा यहाँका मुद्दाहरु के के हुनेछ