किसानलाई नेपाल बंगलादेश बैंककाे कृषि लोन कार्ड, बिना धिताे सहुलियतपूर्ण कर्जा दिने

View

काठमाडाैं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत बिना धितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।

कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ्ग कारोबार गर