कतारमा कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले क्वारेन्टिन बस्नुनपर्ने

View

काठमाडौं । कतारमा कोभिड–१९ संक्रमण भई निको भएका यात्रुले एक वर्षभित्र यात्रा गर्दा क्वारेन्टिन बस्नुनपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार कतारमा कोभिड निको भएर नेपाल आएका नेपाली श्रमिक एक वर्षको अवधिमा पुनः कतार जादा क्यारेन्टिन बस्नुनपर्ने जनाएको हो ।

सोमबारदेखि लागु हुने गरी कतारस्थित नेपाली दुतावासले कतार प्रवेश गर्ने यात्रुहरुका लागि प्रचलित मापदण्डमा केही संसोधन गरी नयाँ नियम बनाएको हो ।

संसोधन मापदण्ड अनुसार अब कतार जाने यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट र यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनिवार्यरुपमा एहतराज वेवसाइटमा अनलाइनबाट प्रि–रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गर्नुपर्नेछ ।

यस्तै, खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ ।

तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउनेछन् ।