विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल thumbnail
View

विकास बैंक र फाइनान्स चम्किँदा नेप्सेमा उछाल, यी २२ कम्पनीका लगानीकर्ता मालामाल

चाणक्य पोष्ट

प्रकाशित : 3:18 pm, आइतबार, असार २७, २०७८

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो ।

पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै दोब्बरले बढेर ८ अर्ब नाघेको छ ।

झन्डै १ महिनाको करेक्शनपछि बजारले लय पकड्दा लगानीकर्ता उत्साहित भएका छन् । जसले कारोबार रकममा बढोत्तरी आएको हो ।

आज सेयर बजार मापक सूचक नेप्से ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा पुगेको छ । आज २२५ कम्पनीको ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । फाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै ८ प्रतिशतभन्दा धेरैले बढेका छन् । यस्तै, बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशभन्दा धेरैले बढेका छन् ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक साढे २५ र नेपाल बैंक २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

आज लगानीकर्ता फाइनान्स र विकास बैंकको सेयरमा झुम्मिएका छन् । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।

उच्च अंकले बढेकोे बजारमा झन्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्कि