के नेपालबाटै भएको थियो योगको सुरुवात ? योग गर्नुका फाइदा

के नेपालबाटै भएको थियो योगको सुरुवात ? योग गर्नुका फाइदा thumbnail
View

काठमाडौं, ७ असार । जुन महिनाको २१औं तारिख अर्थात् असार ७ गते आज (सोमबार) विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।

यस वर्ष ‘मानव सु–स्वास्थ्यका लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍. सुशील कोइरालाले समर्थन गरेका थिए ।

योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ ।

सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो। मनलाई आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो।

यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो। हामी सबै मनुष्यभित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो।

संसारमा ८४ लाख प्रकारका जीवन छन्। जुन बेलामा आत्माहरूको सृष्टि भए, आत्मा शरीरमा गए, बन्धनमा भए। त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ। कर्मको विकारले आत्मा घेरिएको हुन्छ।

यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुला गराउने योग मात्र साधन हो। खुला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ। वास्तवमा जीवनको उद्देश्य नै यही हो। त्यसैले ८४ लाखमध्ये मानिसको जुनी एक उत्कृष्ट अवसर हो।

योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो। त्यसैले योग भनेको जोडिनु हो।

शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्। चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन्।

योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो। योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष।

प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो। हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन्। हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो।

योगका प्रकार ?

शारीरिक अभ्यासहरूमा हठयोग र अष्टा‌गयोग धेरै प्रचलित छ। जसमा आसन र प्राणायामहरूको धेरै व्याख्या गरिएको छ।

जसले शरिर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ। श्रीमद्भागवत गीतामामा भने १८ प्रकारको योगको व्याख्या गरिएको छ। गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ।

त्यसैले १८ वटा योग त गीताले मात्र उल्लेख गरेको छ। अहिले हजारौं उपनिषद् छ भन्ने गरिन्छ। २१८ वटा उपनिषदमात्र लिखित प्रमाणमा छन्। ३२ वटा उपनिषदले योगबारे व्याख्या गरेका छन्।

त्यसैले सामान्य मानिसले चिन्ने भनेको अष्टा‌‌ङ्ग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लागायतका योग छन्। तर हाम्रो समाजमा अहिले मानिसले चिन्ने योग भनेको आसन योग हो। तर यो वास्तवमा योग होइन।

अष्टांग योगमा आठ वटा अंग हुन्छन्। यम, सामाजिक अनुशासन नियम व्यक्तिगत अनुसशासन आशन शारीरिक अनुशासन प्राणायम प्राण शक्तिलाई नियन्त्रण गर्नु अर्को हो।

प्रत्याहार जसले हाम्रो शरीरमा रहेका ज्ञानेन्द्रीयहरूलाई बाहिर जानबाट रोक्छ। जसले हाम्रो मनलाई भित्रै राख्न सकोस्। अर्को हो धारणा, ध्यान र समाधि यो अष्टांग योग हो। आधुनिक समाजमा चलेको योग भनेको बिहान बेलुका घर वा योगशालामा गएर गरिने आसन नै योग हो

पतञ्जलि योग सूत्रको संक्षेप

१ यम
२ नियम
३ आसन
४ प्राणायाम
५ प्रत्याहार
६ धारणा
७ ध्यान
८ समाधि

योगको आवश्यकता

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् ।

योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।

व्यायामले शरिरका अंगहरुमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढउन मद्धत गर्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ हुन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, समयमा पहिचान र रोकथाम गर्न समेत सहयोग गर्छ। यस अर्थमा योग सबैका लागि उपयोगि छ । योगलाई उपयोग गरेर सबैका लागि सहयोगी बन्ने भएकाले पनि योग आवश्यक छ ।

योगको उदगम स्थल

योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णनमा उल्लेख भएको पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्रािष्ट्रय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ ।

भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्