ब्रोकर लाइसेन्स दिन बोर्डले गठन गर्यो कार्यदल, नियमावली तयार हुँदै

ब्रोकर लाइसेन्स दिन बोर्डले गठन गर्यो कार्यदल, नियमावली तयार हुँदै thumbnail
View

क्लिकमान्डु २०७८ असार २७ गते १८:३८ मा प्रकाशित

काठमाडौं । नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिनका लागि धितोपत्र बोर्डले कार्यदल गठन गरेको छ ।

बोर्डले बिहीबार अर्थमन्त्रालय र कानून मन्त्रालयका सह–सचिवसहित ५ जनाको कार्यदल गठन गरेको हो । एक साताभित्र नियामवलीसहित प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन समेत दिइएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर) को विद्यमान नियमावलीलाई संशोधन गरी नयाँ कम्पनीलाई लाइसेन्स दिन खाका तयार गर्न कार्यदल गठन गरिएको बोर्डका अध्यक्ष भिष्मराज डुङगानाले जानकारी दिए ।

‘गत साता बुधबार बोर्ड सञ्चालक समितिले नयाँ स्टक ब्रोकरलाई लाइसेन्स दिनका लागि ५ सदस्यसहितको कार्यदल गठन गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्यदललाई ७÷८ दिनमा नियमावली तयार गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।’

कार्यदलले पेश गरेको नियमावलीसहितको प्रतिवेदन बोर्डको सञ्चालक समितिले पास गरेपछि मन्त्रालयमा पेश गरिने उनले जानकारी दिए ।

‘मन्त्रालयबाट स्वीकृत भएर आएपछि लाइसेन्स दिने काम शुरु हुन्छ,’ उनले भने, ‘बैंकका सहायक कम्पनी र संघीय र प्रदेशस्तरमा ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने गरी नियमावलीले व्यवस्था गर्छ ।’

मन्त्रालयबाट चाँडै स्वीकृत भएमा तथा कोरोनाले असहज परिस्थीति सिर्जना नगरेमा करिब १ महिनापछि ब्रोकरको लाइसेन्स वितरण हुन सक्ने उनको अनुमान छ ।

कार्यदलको संयोजकमा अर्थमन्त्रालयको सह–सचिव तथा बोर्डका सञ्चालक रामेश्वर दंगाल, कार्यदल सदस्यहरुमा कानून मन्त्रालयका सह–सचिव निर्मला अधिकारी, बोर्डका विज्ञ सदस्य अशोक पौडेल, बोर्डका उपकार्यकारी निर्देशक