सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बम्पर उपहार विजेतालाई १० लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बम्पर उपहार विजेतालाई १० लाख हस्तान्तरण thumbnail
View

क्लिकमान्डु २०७८ असार २७ गते १८:३८ मा प्रकाशित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १४ औं वर्ष पुरागरी १५ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँद’ भन्ने मुल नाराका साथ १५औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

उक्त समारोहमा ‘न एती न उति सिधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी श्रीमती फुलमती कुमारीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्र मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्दै आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नु