साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? thumbnail
View

साउन ५ देखि तेह्रथुम पावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

चाणक्य पोष्ट

प्रकाशित : 10:58 am, सोमबार, असार २८, २०७८

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासन्दिाका लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता विक्री गर्न लागेको हो । स्थानीयलाई आइपीओ जारीपछि सर्वसाधरणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध