मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र साउन ४ गते निष्कासन गर्दै

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र साउन ४ गते निष्कासन गर्दै thumbnail
View

क्लिकमान्डु २०७८ असार २८ गते १२:२८ मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बरारबारको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको लागि साउन ७ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नामक उक्त ऋणपत्रमा बैंकले बार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित कुल १२ लाख ५० हजार कित्तामा ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री हुनेछ । बाँकी ५ लाख कित्तामा सर्बसाधारणका लागि छुट्याईएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । ऋणपत्र खरिद गर्ने इच्छुक लगानीकर्ताले छिटोका साउन ११ गते र ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा आवेदन सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत् दिन सकिने उल्लेख छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow