महेश बस्नेतले भने : अदातलको आदेशविरुद्ध माइतीघरमा जम्मा भएर विराेध प्रदशर्न गराैँ

View

काठमाडाैं । नेकपा एमाले नेता महेश बस्नेतले अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा भेला हुन युवालाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत उक्त आदेश जारी गरेका हुन्।

‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरुद्ध विरोध जनाऊँ’, उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्था को पुन वीजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असंभव छ।’

उनले युवा संघले सर्वाेच्चको आदेश विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशनकाे तयारी गरेकाे भन्दै सहभागी भएर देश भर बिरोध प्रदशन गर्न समेत अाह्वान गरेका छन् ।