युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ : ५.९१ गुणाले ओभर सब्सक्राइब

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ : ५.९१ गुणाले ओभर सब्सक्राइब thumbnail
View

क्लिकमान्डु २०७८ असार २८ गते २०:०३ मा प्रकाशित

काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ ।

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो ।

निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजे सम्म ३१ लाख ७२ हजार ८ सय ६८ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रकम बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

आस्बा अन्तरगतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा रहेको हुँदा आवेदकको संख्या अझै बढ्ने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Foll