सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

View

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ।

सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन ।

सोमबार बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएतापनि मन्त्रालय बाँडफाँटको विषयमा भने टुङगोे लागेको छैन ।
मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न आज पुनः गठबन्धनका शीर्ष नेत