विपश्यना शिविरबाट आफूलाई चिनेर फर्कँदा

विपश्यना शिविरबाट आफूलाई चिनेर फर्कँदा thumbnail
View

आशीष ज्ञवाली २०७८ असार २९ गते १२:२८ मा प्रकाशित

सोच बनाएको १२ वर्षपछि गत असार १७ गतेदेखि बुढानिलकण्ठमा रहेको विपश्यना ध्यान केन्द्रमा १२ दिनको शिविरमा जाने अवसर जुट्यो । १२ वर्षअघि कलेज पढ्दा बनाएको सोच पढाई र त्यसपछि शुरु गरेको करिअरले १२ दिनको समय मिलाउन सकिएन ।

यो पटक कोराना भाइरसको दोस्रो चरणको लहरमा संक्रमित भएपछि मनमा भएको एक किसिमको बेचैनीले भित्रभित्रै छटपटी थियो । कोराना भाइरस निको पनि भयो । कुनैबेलाका सहकर्मी उमेश श्रेष्ठ कोराना भाइरसको लहर फैलिएको बेला विपश्यना गएको जानकारी फेसबुकमार्फत पाएँ । उनीसँग जाने प्रक्रियाको बारेमा जानकारी मागेसँगै जेठको दोस्रो साता असार १७ गतेदेखि शुरु हुने शिविरको लागि अनलाइन मार्फत फर्म भरे ।

शिविरमा सहभागिता स्वीकृति आयोजकबाट भएपछि यसको जानकारी परिवार र कार्यालयका सहकर्मीलाई गराए । १२ दिन कुनै सम्पर्कबिना सञ्चारमाध्यमको नेतृत्वमा रहेका व्यक्ति समय मिलाउन पनि कठिन नै थियो । कार्यालयका सहकर्मीहरूको सहयोग र परिवारबाट पाएको समर्थनले त्यो मिलाउन कठिन भएन ।

१७ गते शिविरमा जाने दिन कार्यालयका सहकर्मी र परिवारका सदस्यलाई आफूले बस्न नसकेमा २ दिनमा समेत फर्कन सकिएला प्रयास गरौँ भनेर निस्किएको थिए ।

१७ गते बिहीबारको दिन बूढानिलकण्ठको मुहानपोखरी स्थित विपश्यना केन्द्र पुग्दै गर्दा १० दिनसम्म कसैसँग नबोली आर्यमौन बस्न सकिएला भन्ने आफूमै नै पूर्णरुपमा विश्वास भने भने थिएन । यद्यपि प्रयास गर्ने र नसकेमा फर्कने सोच बनाएको थिएँ । बोलिरहनुपर्ने र फोन गरिरहनुपर्ने कामले आर्यमौन मेरो लागि निकै कठिननै थियो । 

बिहीबारदेखि शिविर शुरु भयो । मोबाइल र पर्स विपश्यना ध्यान केन्द्रको कार्यालयमा बुझाएपछि थाहा थियो दिनमा १२ घण्टा हेर्ने मोबाइल अब मैले शिविरको ११ औं दिन सकिएपछि मात्र लिन पाउने छु ।
दुईजना होस् या सामूहिक मिटिङमा समेत मोबाइल हेर्दै कुरा गर्ने बानी मोबाइल बुझाएपछि ध्यान शुरु नहुँदासम्म शिविरमा आएका व्यक्तिहरुसँग परिचय गर्ने काम चल्यो । कतिपय दोस्रो तेस्रो पटक आएका थिए यद्यपि धेरै सहभागी मजस्तै पहिलो पटक सहभागिता जनाउन आएका थिए ।

पहिलो दिन ८ बजेदेखि ध्यान शुरु भयो । अर्थात् पूर्णरुपमा आर्यमौन । कसैसँग सांकेतिक रुपमा पनि कुनै सञ्चार सम्पर्क नगर्नु । १७ गतेदेखि शिविर शुरु भएपनि वास्तविकतामा शिविरको सुरुवात भने त्यसको अर्को दिनदेखि हुने थियो । हरेक दिन बिहान ४ बजे उठेर साढे ४ देखि तोकिएको ध्यान गर्ने स्थानमा गएर राति ९ बजेसम्म १२ घण्टा ध्यानमा बस्नु सजिलो काम थिएन ।

ध्यान शुरु भएपछि शुरुका ३ दिन निकै कठिन नै अनुभव हासिल भयो । पहिलो ध्यान गर्नको लागि बानी नभएको हुँदा बस्न नसकिने र अर्को मनलाई स्थिर राख्न नसकिने । बिपश्यनाको सुरुको चरण आनापाना अर्थात् स्वास आएको र गएको अनुभव लिन पनि निकै कठिन भयो । ३ दिनदेखि बस्न सक्ने बानी भएपनि मनलाई नियन्त्रण गर्न सजिलो थिएन । शिविर शुरु भएको तेस्रो दिन सकिदैन कि भनेर शिविर त्याग्ने मनस्थिती समेत आएको थियो । मनलाई नियन्त्रण लिन सक्दा शिविर त्याग्नु परेन ।

चौथोदिनदेखि ध्यानमा बस्न कठिन नभएपनि मन भने ध्यानमा अडिएको थिएन । शुरुका केही दिन कार्यालयमा कसरी काम भएको होला भनेर आउने सोचाई नै बढी आयो । त्यसपछि भने आफूले प्राथमिक विद्यालयमा पढेका साथीदेखि लिएर बालापनका यादहरुको ओइरो लाग्यो । यसबाहेक जीवनमा अहिलेसम्म घटेका राम्रा र नराम्रा कुराको सम्झना अध्याधिक भए ।

सले मनलाई नियन्त्रण गरेर ध्यानमा बस्न नसकेपछि ध्यानमा केन्द्रमा हुने गुरुसँग आफ्नो समस्या राखेँ । उहाँहरुले दिएको सुझावको आधारमा मनलाई नियन्त्रण गर्दै १२ दिने शिविरलाई सकेर आउन सफल अनुभुति हासिल भयो । जब मनलाई नियन्त्रणमा लिएर ध्यानमा केन्द्रित गरेपछि मात्र आफूलाई चिन्हको लागि धेरै मद्दत पुग्यो । 

बिपश्यनाको १० दिनको शिविरमा बसेको आधारमा यसको बारेमा बुझाउन सक्ने ज्ञाता होइन । म आफूले बिपश्यनाको बारेमा अक्षर लेख्न शुरु गर्दा शुरुमा आउने ‘क’ मात्र लेख्न सिकेर आएको ज्ञानमात्र पाएको छु । अर्थात् ‘क’ कसरी लेखिन्छ भन्ने ज्ञानको आधारमा ‘क’ लेख्न सिकेजस्तै ज्ञानसँग छ ।

बिपश्यनापछि म आफुमा कस्तो परिवर्तन आउँछ त्यो मैले अहिले भन्न सक्ने स्थिती पनि छैन । यसको निरन्तरता अब आउने दिनमा कतिको दिन सकिन्छ त्यसबाट सायद परिवर्तनको महशुस होला । 

बिपश्यनाको १० दिनको मौनतासहितको ध्यानमा बस्दा आफूले आफूलाई नजिकबाट चिन्ने अवसर पाएँ । हरेक दिनको दौडधुपले अस्तव्यवस्तपूर्ण जिवनयापन गरिरहेको मेरो शरीरले मलाई नै विर्सिइरहेको रहेछ । विश्वमा ज्ञान र विज्ञानले प्रगति गर्दै छ । सफलताको लागि हतारमा हुने हाम्रो जीवनशैलीले आफूले आफूलाई चिन्न सकिएको रहेनछ । 

कुनै धर्मविना आफूले आफूलाई जानेर पाउने ज्ञानको शब्द र यो ब्लगमा लेख्न सम्भव छैन । हामीले आफ्नो शरीरका विभिन्न अंगहरुमा हुने प्रतिक्रियालाई कहिले ख्याल नै गर्न सकिएको रहेनछ । 

हरेक साना कुरामा आउने तनाव र त्यसलाई लिएर गरिने प्रतिक्रिया आवश्यक रहेनछ भन्ने सिकेर आएको छु । यद्यपी त्यो कुरा  आफैंले भविष्यमा कति कार्यान्वयन गर्न सकिएला त्यो १० दिनमा सिकेर आएको अभ्यासले प्रभाव पार्ला ।  

१० दिनमा सिकेको मेरो आफ्नो अनुभवको आधारमा नयाँ कुरा सिक्नका लागि बिपश्यनामा जान सुझाउँदछु । यो ज्ञान आफुले नै सिकेपछि मात्र पाइन्छ । मसँगै विपश्यनामा गएर आएको व्यक्तिले जानका लागि अभिप्रेरणा मात्र दिनसक्ने हो । बिपश्यनामा बाट सिक्ने ज्ञान आफुले अनुभव गरेपछि मात्र सिकिने हो ।

कसरी जाने ?

अहिले नेपालमा १३ स्थानमा विपश्यना ध्यान केन्द्र छ । यसमा जानको लागि अनलाइनमार्फत् वा तोकिएको कार्यालयमा फर्म बुझाएपछि जाने प्रक्रिया शुरु हुन्छ ।

महिनामा २ पटक १० दिने शिविर नयाँ सहभागिको लागि संचालन हुन्छ । १ तारिक १४ तारिकको दिन शिविर शुरु हुन्छ । धेरैको मनमा उठ्ने प्रश्न विपश्यना शिविरको लागि कति पैसा लाग्छ भन्ने हुन्छ । विश्वभर जुनसुकै स्थानको शिविरमा बस्नको लागि १ रुपैयाँपनि पैसा लाग्दैन ।

१० दिनसम्म ख