फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी thumbnail
View

फाइनान्स चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:21 pm, मंगलबार, असार २९, २०७८

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । सोमबार एकैदिन ४५ अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।

यससाता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन ७५ अंकको उछाल आएको बजार सोमबार ४५ अंकले घटेको थियो भने आज १६ अंकले बढेको छ । समग्रमा ३ दिनमा नेप्से ४६ अंकले बढेको छ ।

सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै आधाले घटेर साढे ५ अर्बम सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ भने विकास बैंक १.५४ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४५ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपा