हवाई उडान अझै अन्योलमा, कहिलेदेखि खुलाउने तयारी हुँदैछ ?

हवाई उडान अझै अन्योलमा, कहिलेदेखि खुलाउने तयारी हुँदैछ ? thumbnail
View

हवाई उडान अझै अन्योलमा, कहिलेदेखि खुलाउने तयारी हुँदैछ ?

चाणक्य पोष्ट

प्रकाशित : 11:21 am, सोमबार, असार ७, २०७८

काठमाडौं । झण्डै २ महिनादेखि बन्द अवस्थामा रहेको हवार्ई उडान संचालन अझै अन्योलमा रहेको छ । क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि हवार्ई उडान खुला गर्ने विषय अन्योलमै रहेको हो ।

यसअघि असार दोस्रो सातादेखि उडान संचालन गर्ने बताइए पनि अझै टुंगो लाग्न नसकेको हो । एयरलाइन्स व्यवसायीहरु १६ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न लबिङ गरिरहेका छन् । यस अघि असार १ गतेबाट हवार्ई उडान खुल्ला गर्न माग गरिएको थियो । निषेधाज्ञ लम्बिएसँगै सो उडान खुल्ला गर्ने विषय थप अन्यौल बन्न गएको हो । फेरी असार १४ गतेसम्मका लागि निषेधाज्ञ लम्बिएको छ ।

निषेधाज्ञ लम्बिएसँगै हवाई उडान खुल्ला गर्ने विषय झनै अन्यौलमा परेको हो । नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडान सुचारु गर्ने विषयमा अझै टुंगो लाग्न नसकेको बताए । उनले यस विषयमा एयरलाइनस व्यवसायीहरुसँग छलफल भइरहे पनि ठोस निर्णनमा पुग्न नसकेको बताए ।

‘एयरलाइन्सहरुले १६ गतेबाट उडान शुरु गरौँ भनिरहेका छन्, तर केही ठोस निर्णय भएको छैन,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने । उनले कोभिड संक्रमणबाट सुरक्षित रहने गरी मापदण्ड पालना गर्दै आन्तरिक उडान सुचारु गर्ने विषयमा पहल भइरहेको बताए ।

नेपालमा दैनिक १४/१५ हजार यात्रुले जहाजमार्फत यात्रा गर्ने गरेको तथ्याङ्क छ । तर, सरकारले कोरोना भाइरसको महामारी बढेसँगै उडान रोक्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रियतर्फ समेत खासगरी खाडी मुलुकमा नियमित उडान खोल्नुपर्ने माग उच्च रहेको छ ।

आन्तरिक उडान शुरु भएको सन्दर्भमा मानिसहरुको भीड नहुने गरी, एक दिनमा एक स्थानका लागि एउटा मात्र जहाज उडान भरिने छ । यसले विमानस्थलमा भिडभाड कम हुने अनुमान गरिएको छ । सुरक्षा पूर्वाधारहरु माक्स, सेनिटाइजर, फ