पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भोली पेट्रोल पम्प बन्द हुने

View

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग राख्दै आएका पाँच विद्यार्थी संगठनले बुधबार देशभर सञ्चालित पेट्रोलियम पम्प बन्द गर्ने भएका छन् ।

नेपाल आयल निगमसँग मूल्य बृद्धि फिर्ताको माग गर्दै आएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पम्प बन्द गर्न लागेका हुन् ।
उनीहरुले आज नेपाल पेट्रोलियम डिलर्श राष्ट्रिय एसोशिएसनलाई पत्र पठाउँदै आन्दोलनमा सहभागी बनेर पम्प बन्द गर्न आग्रह गरेका छन् ।

‘असार ३० गतेदेखि देशभर सञ्चालित पेट्रोल पम्प, पेट्रोलियम डिलर्श र ढुवानी ट्यांकरहरु बन्द गर्ने निर्णय भएको छ । जनताको ढाड सेकिने गरी भएको मूल्य बृद्धि फिर्ता गर्न गरिएको आन्दोलनमा एसोसिएशन मातहतका सम्पूर्ण पम्प र ढुवानी ट्यांकरहरु बन्द गरी आन्दोलनमा सहभागी हुनुस । आन्दोलनको अवज्ञा गरी आफुखुशी पम्प सञ्चालन गरेमा त्यसबाट उत्पन्न परिस्थीतिको सामना व्यवसायी आफैले गर्नुपर्नेछ’, विद्यार्थीले एसोसिएशनलाई बुझाएको पत्रमा भनिएको छ ।

५ विद्यार्थी युनियमले यसअघि नै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जि