शेरबहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ, जनार्दनलाई अर्थ र खाँडलाई गृह मन्त्रालय

शेरबहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ, जनार्दनलाई अर्थ र खाँडलाई गृह मन्त्रालय thumbnail
View

क्लिकमान्डु २०७८ असार २९ गते २०:२९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदका लागि दावी गरेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपति भण्डारीले शपथ खुवाएकी हुन् ।

देउवा यसअघि ४ पटकसम्म प्रधानमन्त्री भइसकेका छन् । यो उनको प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकाल हो ।

यसअघि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा त्यसपछि २०५८ सालमा दोस्रो पटक, तेस्रो पटक २०६१ सालमा प्रधानमन्त्री बनेका थिए । साथै २०७४ साल जेठमा चौथो पटक प्रधानमन्त्री बन्न सफल भएका थिए ।

सर्वोच्च अदालतले सोमबार जारी गरेको फैसलामा भनिएको थियो, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) मा प्रतिनिधिमा सभा ‘कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा’ भन्ने वाक्यांश रहेको र सो प्रयोजनका लागि प्रतिनिधि सभाका १४९ जना सदस्यहरु (बहुमत सदस्यहरु)ले समर्थन जनाएको कुरालाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको भनि मान्नुपर्ने पर्याप्त र मनासिव आधार देखिएको हुँदा सोही बमोजिम २ दिनभित्र अर्थात् असार २९ गते मंगलबार अपरान्ह ५ बजेभित्र उपरोक्त अनुसार संविधानसम्मत् रुपमा मिति २०७८ जेठ ७ गते सम्माननीय राष्ट्रपति समक्ष दावी पेश गरेका प्रतिनिधि सभका सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ती गर्नु र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पूरा गर्नु गराउन भनी प्रत्यर्थीमध्येका राष्ट्रपतिको कार्यालय तथा संघीय संसदको पुनस्र्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

चार मन्त्रीले लिए शपथ
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा देउवासँगै ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

जसमा नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिएका छन् भने ज्ञानेन्द्र कार्कीले कानून न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा शपथ लिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रका तर्फबाट जनार्दश शर्माले अर्थमन्त्री र पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रुपमा शपथ लिएकी छन् ।

शपथमै किचलो
राष्ट्रपति कार्यालयले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै पनि धारा उल्लेख नभएकाले शपथ निर्धारित समयमै हुन सकेन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको थियो, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ गतेको फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’

तर देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा कुनै पनि धारा प्रयोग नगरिएक