तीन दिनदेखि बन्द नबिन बैंकको सम्पूर्ण सेवा शुरु

तीन दिनदेखि बन्द नबिन बैंकको सम्पूर्ण सेवा शुरु thumbnail
Views

क्लिकमान्डु २०७८ असार ७ गते ११:३१ मा प्रकाशित

काठमाडौं । नबिल बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवाहरु पुनः शुरु गरेको छ । कोर बैंकिङ सिस्टम (सीबीएस) को स्तरोन्नति गर्न बैंकले गत शुक्रबारदेखि आफ्ना सम्पूर्ण बैंकिङ कारोबार स्थगित गरेको थियो ।

सम्पूर्ण स्तरोन्नतिको कार्य सम्पन्न भएकाले सोमबार (आज)देखि सम्पूर्ण बैंकिङ कारोबारहरु शुरु गरिएको बैंकले जानकारी दिएको छ ।

असार ४ गते शुक्रबार दिउँसो ४ बजेदेखि पूर्णरुपमा बन्द रहेको बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम, रेमिट्यान्स लगायतका सेवा र बैंकिङ कारोबार सोमबार बिहान १० बजेदेखि पुनः शुरु गरेको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस