देउवा सरकारको अर्थमन्त्रीमा जनार्दन शर्मा

देउवा सरकारको अर्थमन्त्रीमा जनार्दन शर्मा thumbnail
View

क्लिकमान्डु २०७८ असार २९ गते १९:१० मा प्रकाशित

फाइल फाेटाे

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीमा जनार्दन शर्मा बन्ने भएका छन् । माओवादी कोटाबाट शर्माले अर्थमन्त्रीको जिम्मेवारी लिन लागेका हुन् ।

अर्थमन्त्रालयले बिष्णु पौडेलको बिदाइ गरेसँगै शर्माको स्वागतको तयारी गरेको छ भने नेमप्लेट नै परिवर्तन गरिसकेको छ ।

कांग्रेस र माओवादीबीच पावर सेयरिङमा कांग्रेसले गृहमन्त्रालय लिनेभएपछि अर्थमन्त्री माओवादीको भागमा परेको हो । माओवादीले देउवा सरकारमा पहिलो चरणमा शर्मा र पम्फ भुषाललाई पठाउने भएको हो । भुषालले ऊर्जामन्त्रीको जिम्मेवारी समाल्ने छिन् ।

यस्तै कांग्रेस कोटाबाट बालकृष्ण खाँडले गृहमन्त्रालयको नेतृत्व लिनेछन् भने ज्ञानेन्द्र कार्कीले कानून मन्त्रालयको जिम्मा लिने छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस