४ सातादेखि अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

४ सातादेखि अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा thumbnail
View

४ सातादेखि अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

चाणक्य पोष्ट

प्रकाशित : 10:59 am, बुधबार, असार ३०, २०७८

काठमाडौं । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो ।

अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जीनियर गोविन्द डुमरीले जानकारी दिए ।

यद्यपि लिपिङ पुलको अवरुद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमापुल नजिक पर्ने लिपिङपुल छेउको करिब १५ मिटर सडक भास्सिएकाले त्यहाँ आजैदेखि काम शुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जीनियर डुमरीले बताए ।

उक्त पुललाई तलबाट भोटेकोशी र माथिब