सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो thumbnail
Views

क्लिकमान्डु २०७८ असार ७ गते ११:१४ मा प्रकाशित

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने सोमबार ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको थियो भने सोमबार ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस