२८ प्रतिशतले सार्वजनिक यातायातको भाडा बढ्यो

२८ प्रतिशतले सार्वजनिक यातायातको भाडा बढ्यो thumbnail
View

क्लिकमान्डु २०७८ असार ३० गते १५:५६ मा प्रकाशित

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले यात्रुवाहक सवारीको भडा २८ प्रतिशतले बढाएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत भाडा बढेको छ । तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ साल देखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।

२०७५ असोज ७ गत समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागु हुन सकेको अवस्था थिएन ।

सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसंग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका भाडा बढाइएको सूचनामा उल्लेख छ ।

सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्बन्धमा २०७८ असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ( मन्त्रीस्तर) को सहमति समेत प्राप्त भएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ५ को बुंदा नं २० र अनुसूची ९ को बंदा नं १५ का आधारमा सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरेर भाडा वृद्धि गरिएको विभागको दाबी छ ।

दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवा