५० प्रतिशत यात्रु राखेर लामो दूरीका गाडी चलाउन दिने तयारी

View

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले साउन १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपूरका प्रमुख जिल्ला अधिकारीहरुले साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने तयारी थालेका हुन् ।

निषेधाज्ञाबारे निर्णय गर्नको लागि भोलि साँझ तीन जिल्लाका सीडीओहरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेका हन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे तयारी भइरहेको बताए । उनका अनुसार अब साउन १ गतेदेखि लामो दूरीका सवारी साधनहरु सञ्चालन हुनेछन् ।

‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, यसले सर्वसाधारण नागरिकलाई समस्या भइरहेको छ,हामीले पनि खोल्ने कि भनेर तयारी गरिरहेका छौं, थप निर्णयका लागि भोलि बैठक बस्दैछौं,’ उनले भने ।

उनका अनुसार लामो दूरीका सवारी साधन सञ्चालनको निर्णय गरेमा ५० प्रतिशत यात्रु राखे