नेपाली श्रमिकलाई जोन्सन एण्ड जोन्सनकाे खोप दिन श्रम मन्त्रालयको अनुरोध

Views

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशीने नेपाली श्रमिकलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई अनुरोध गरेको छ ।

मन्त्रालयले पछिल्लो समय नेपाली कामदार खोप नहुँदा रोजगारीबाट बन्चीत हुन पुगेको भन्दै उक्त खोपको व्यवस्था गर्न माग गरेको हो । सरकारले विदेशीने कामदारका लागि खोप उपलब्ध गराउने निर्णय गरेसगैँ मन्त्रालयले उक्त खोप दिन अनुरोध गरेको हो ।

अधिकांश देशले अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको र विदेशीले कामदारले एक डोज खोप लगाएमात्र हुने भएपछि मन्त्रालयले उक्त खोप दिन अनुरोध गरेको हो ।

नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् ।

चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कामदार लैजान बन्द गरेको कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै आउन पाउने जनाएको छ । कुवेतले नेपालमा रोकिएका पहिला नै भिसा भएका कामदारले अनलाइनबाट नै नविकरण गर्न पाउने बाटो खोलिदिएको छ । नविकरण गरी उनीहरु साउन १७ देखि कुवेत जान पाउनेछन् । कुवेतले जोन्सनलाई अनुमोदन दिएको छ ।

यस्तै, साउदी अरब र कतार सरकारले पनि जोन्सनलाई अनुमति दिएको छ । साउदी र कतारले खोप लगाएको कामदारले ७ द