११ महिनामा पौने ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ६० प्रतिशतले घटे पनि कसरी बढ्यो ?

११ महिनामा पौने ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ६० प्रतिशतले घटे पनि कसरी बढ्यो ? thumbnail
View

११ महिनामा पौने ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ६० प्रतिशतले घटे पनि कसरी बढ्यो ?

चाणक्य पोष्ट

प्रकाशित : 2:04 pm, बिहीबार, असार ३१, २०७८

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या आधाभन्दा धेरैले घटे पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने साढे १२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।यो गत आवको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले धेरै हो ।

यस्तै, चालू आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले