बैंकर्सको अडानः माग सम्बोधन नहुँदासम्म कोषमा आवद्ध नहुने, पर्खाईमा अदालतको आदेश

Views

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषले आफ्नो नीतिमामा भएका व्यवस्थाहरु संशोधन नगर्दासम्म कोषमा आवद्ध नहुने अडान राखेका छन् । कोषले बैंक तथा वित्तीय संस्थाहरुका लागि आवद्ध हुन दिएको समयावधि आज सकिएसँगै उनीहरुले विभिन्न नीतिहरु संशोधन नभएसम्म आवद्ध नहुने अडान कायमै गरेका छन् ।

उनीहरुले सर्वोच्च अदालतले आदेश नदिँदासम्म सामाजिक सुरक्षा कोष विरुद्दको आन्दोलन कायमै राख्ने पनि निर्णय गरेका छन् । बिहीबार बसेको नेपाल वित्तीय संस्था कर्मचारी संघको बैठकले जारी आन्दोलनका कार्यक्रमहरु कायमै राख्ने निर्णय पनि गरेका छन् ।

संघका अध्यक्ष पदमराज रेग्मीले कोषले आफुहरुले राखेका मागहरु सम्बोधन नहुँदासम्म कोषमा आवद्ध हुन नसकिने बताए । उनले सर्वोच्च अदालतले साउन ५ गते सम्म समय सारेकोले सो समयसम्म आन्दोलन कायमै राख्ने बताए ।

बैकका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध हालेको रिटको मिति सरेको छ । सर्बोच्च अदालतले आज तोकको समय सार्दै साउन ५ गतेका लागि तोकेको हो ।

बैंकका कर्मचारीहरुले आफुले खाइपाई आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ती लैजान खोजेको भन्दै मुद्दा दायर गरेका थिए ।

‘हामीले ५ गतेसम्म कुर्नु पर्ने देखिएको छ, ५ गतेसम्म आन्दोलनका कार्यक्रमहरु पनि निरन्तर नै चलिरहन्छन्, हामीले राखेका मागहरु संशोधन नभएसम्म हामी कोषमा आवद्ध हुन सक्दैनौं,’ उनले भने ।

सामाजिक सुरक्षा कोषले आफुहरुले राखेका १५ वटा मागहरुको सम्बोधन तथा संशोधन गरे मात्रै बैंकका कर्मचारीहरु कोषमा आवद्ध हुन सक्ने उनको भनाई छ । उनले सर्वोच्च अदालतले आफुहरुको पक्षमा निर्णय गर्ने विश्वास रहेको पनि बताए ।

कर्मचारीहरुले नेपालको संविधानमा व्यवस्था भएका समानताको हक, सम्पत्तिको हक, श्रमको हक र उपभोक्ताको हक जस्ता मौलिक हकहरुको प्रतिकुल हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको ऐन, नियमावली र कार्यविधिका कतिपय प्रावधानहरु रहेकोले संशोधन गरी श्रमिक म