युनियन लाइफको आईपीओ बाँडफाँडः ५ लाख ८० हजारले पाए १० कित्ता, यसरी हेनुस् नतिजा

Views

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ र अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटामध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० कित्ता सेयर परेकाे बताइएकाे छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । त्यसमा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । ५८ लाख ५ हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

बिक्री प्रबन्धक