युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा thumbnail
Views

युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

चाणक्य पोष्ट

प्रकाशित : 6:11 pm, बिहीबार, असार ३१, २०७८

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । विक्री प्रबन्ध प्रभु क्यापिटलमा आज साँझ ५ बजे आइपीओ बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १५ लाख ३२ हजार २९९ जनाको हात रित्तो भएको छ ।

कम्पनीले असार २४ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा कुल २१ लाख ८२ हजार ७७५ जना आवेदन दिएका थिए । सोमध्ये ६९ हजार ९७६ आवेदन विविध कारणले रद्द भएका छन् भने बाँकी २१ लाख १२ हजार ७९९ आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो ।

कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मका सबैभन्दा धेरै हो । यसअघि जीवन विकास लघुवित