निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित)

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित) thumbnail
Views

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित)

चाणक्य पोष्ट

प्रकाशित : 5:35 pm, बिहीबार, असार ३१, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद आजराति १२ बजे सकिँदैछ । निषेधाज्ञाको समयवधि थपिएको यो सातौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

अबको निषेधाज्ञा अहिलेकोभन्दा पनि खुकुलो बनाइएको छ । सबै खाले पसल बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि साँझ ६ बजेसम्म ओल्न पाइने व्यव