कुमारी बैंकका सीइओ भण्डारीले लिए अवकाश, कामू सीइओको जिम्मेवारी तिमिल्सिनालाई

कुमारी बैंकका सीइओ भण्डारीले लिए अवकाश, कामू सीइओको जिम्मेवारी तिमिल्सिनालाई thumbnail
View

क्लिकमान्डु २०७८ असार ३१ गते २०:२९ मा प्रकाशित

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । उनले ४ सीइओका रुपमा ४ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका हुन् ।

बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई भोलि साउन १ गतेदेखि लागू हुने गरी कामू सीइओको जिम्मेवारी तोकेको छ ।

३५ वर्षको लामो बैंकिंङ करिअरलगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत् कार्यकालको अनुभव भएका भण्डारीलाई बैंकले शुभकामना समेत दिएको छ ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोन्नती गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बैंकको भनाइ छ ।

बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा फराकिलो पारेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस