बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी

बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी thumbnail
View

प्रकाशित मिति : 16 July, 2021


काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ६३ कर्मचारीको माग गरेको छ ।

अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नागरिकहरूले दरखास्त दिन आह्वान गरेको हो ।

अस्पतालका अनुसार सुचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्रसम्म दरखास्त दिन सक्ने जनाएको छ । प्रकाशित सुचनामा अस्पतालले चौथो, पाँचौं, सातौं, आठौं र नवौं तहसम्मका लागि कर्मचारी माग गरेको छ ।

त्यस्तै योग्यता पुगेका विभिन्न इच्छुक नागरिकहरूले बीपी क्यान्सर अस्पताल, भरतपुर, चितवनको वेवसाइटबाट डाउनलोड गरी एफोर साईजको फोटोकपी पेपरमा प्रिन्ट÷फोटोकपी गर्न सक्नेछ । साथै, सो फाराम अस्पताल, भरतपुर, चितवनको कार्यालयमा बुझाउनु पर्नेछ ।

अस्पतालले चौथो तहका लागि ३ सय रुपैयाँ, पाँचौं तहलाई ४ सय रुपैयाँ, सातौं र आठौं तहलाई १ हजार रुपैयाँ र नवौं तहलाई १२ सय रुपैयाँ परीक्षा दस्तुर तोकेको छ ।

त्यस्तै, एक उम्मेदावारले एकै पदको खुला तथा समावेशी सहभागी हुने भएमा प्रत्येक