कुमारी बैंकका सीईओ भण्डारीले दिए राजीनामा, कामूको जिम्मा तिमिल्सिनालाई

View

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन् । उनले गत असार ३१ गतेदेखि लागू हुने गरी बैंकको सीईओ पदबाट राजीनामा दिएका हुन् ।

४ वर्षको सफल कार्यकाल बिताएका सीईओ भण्डारीले आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् ।

यससँगै, असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिनालाई नियुक्त गरेको छ । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेत रहेका तिमिल्सिनाले आज(साउन १ गते) देखिनै कामू सीईओको कार्यभार सम्हाल्ने छन् ।

यसकारण सीईओ भण्डारीले दिए राजीनामा
सीईओ भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट बिदा लिन चाहेको जानकारी गराएका छन् । साथै, नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना उनले शुभकामना दिएका छन् ।

भण्डारीले ३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भएका छन् ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल