मौद्रिक नीति आउन ढिलाई हुने, सघन छलफलमा अर्थमन्त्री

View

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आउन ढिलाई हुने बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मलेनको आयोजना गर्दै उनले मौद्रिक नीति ल्याउन ढिलाई हुने बताएका हुन् ।

‘यस वर्षको मौद्रिक नीति ल्याउन केही ढिलाई हुने देखिएको छ, हामी मन्त्रालयका विभिन्न विभाग र राष्ट्र बैंकसँग यसका लागि समन्वय र छलफल गरिरहेका छौं, छलफलपछि मात्रै मौद्रिक नीति आउँछ,’ अर्थमन्त्री शर्माले भने ।

सरकार फेरिएपछि माैद्रिक नीति कहिले आउँछ भन्ने अहिले सबैकाे चासाेकाे विषय बनेकाे छ । ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट अनुसारको मौद्रिक नीति ल्याउने तयारी गरिरहेकाे राष्ट्र बैंक नयाँ सरकार आएपछि तयारीलाई बिराम लगाएर नयाँ सरकारका मन्त्रीहरुसँग छलफलमा छ ।

साउन पहिलाे सातामै