Tag Archives: राजनीति

‘धारा ७६ (५) किन लेखेको नेम्वाङलाई सोध्नेवाला थिएँ, जवाफ नसुनि उल्टो बोलेर हिँड्नुभो’

काठमाडौं,८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री भएको भन्ने प्रमुख प्रतिपक्षी एमालेको टिप्पणी गलत भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधसभा बैठकमा बधाई दिने सांसदहरुलाई धन्यवाद दिने क्रममा देउवाले प्रतिपक्षी एमालेको टिप्पणी जनाएका हुन्। उनले आफू संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री भएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति प्रश्न गरे,’ संविधानमा धारा…

थप पढ्नुहोस्

प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर…

थप पढ्नुहोस्

राष्ट्रपतिको असन्तुष्ट संकेत: देउवा संविधानको धारा ‘कोट’ नगरी प्रधानमन्त्री नियुक्त

काठमाडौं, २९ असार । राष्ट्रपति कार्यालयको शीतल निवास सर्वोच्चको आदेशप्रति असन्तुष्ट रहेको सङ्केत दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्च अदालतको फैसला विपरित गरेर असन्तुष्ट रहेको सङ्केत दिएकी हुन् । । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू भने पनि विज्ञप्तिमा संविधानको धारा/ उपधारा कोट गरिएको छैन । सर्वोच्चको…

थप पढ्नुहोस्

प्रधानमन्त्री बन्दै देउवा, तत्काल सानो आकारको मन्त्रीमण्डल गठन गर्ने

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो देउवालाई मंगलबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्री नियुक्त…

थप पढ्नुहोस्

माओवादी केन्द्र वैधानिक, एमालेमा गएकाले दिएको दल दर्ता खारेज अस्वीकृत

काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो । आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी…

थप पढ्नुहोस्

‘अब कोरोना भ्याक्सिन पाइएन भन्ने कुरा नै हुँदैन’- प्रधानमन्त्री

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गरे । ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं।…

थप पढ्नुहोस्

मन्त्रीको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थस उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ। लीलानाथ श्रेष्ठलाई काकानून, न्याय तथा संसदीय मामिला भूमि…

थप पढ्नुहोस्